जेठ २९, काठमाडौं । ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार गरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय कारागारका जेलर वेदप्रसाद खरेललाई रुँदै वेदना पोख्दा चार्ल्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो ।

शारीरिक मात्र होइन, मानसिक रुपमा पनि उनी निकै कमजोर भइसकेका थिए ।

१३ वर्ष जेल बस्दा उनी सधैं दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो । उनी माग्न सक्ने डरले मात्र होइन, उनीमाथि हमला हुन सक्ने डरले पनि प्रशासनले शोभराजलाई गोलघरमा राखेको थियो । तर, उनी कैदीबन्दीसँग मात्र होइन, जेलर र प्रहरीसँग पनि सधैं उच्च मनोबलका साथ कुरा गर्थे ।

शोभराजको मुटुको अप्रेशनका लागि काठमाडौंस्थित फ्रेन्च दूतावासका अधिकारीले मञ्जुरीनामामा आइतबार हस्ताक्षर गरेका छन् । सुरुमा शोभराजले आफ्नो अप्रेशन नै गर्न मानेका थिएनन् । पछि फ्रान्सकै डाक्टरसँग सरसल्लाह गरेपछि उनी अप्रेसनका लागि तयार भएका हुन् ।

तर, अप्रेशसन सफल हुनेमा शोभराज विश्वस्त छैनन् । चिकित्सकका अनुसार उनको मुटुको भल्भ अप्रेसन सफल हुने सम्भावना सामान्यतया ४० प्रतिशत हुन्छ ।

अप्रेसनका लागि निहीता विश्वासले रगत दिएकी छिन् । अस्पताल स्रोतका अनुसार निहिताको पनि रगत समूह ओ पोजेटिभ भएकाले उनले शोभराजका लागि रक्तदान गरेकी छन् । -नयाँ पत्रिका दैनिक

जीवनमरणको दोसाँधमा शोभराज, बचाउन निहिताको रगत
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment