<p><b>जेठ २९, काठमाडौं । </b>ताप्लेजुङको फुङलिङ नगरपालिका–३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका छन् । <br></p><p>दुवै छोरा उम्मेदवार बनेपछि आमा मायादेवीले भोट दिन नजाने घोषणा गरेकी छन् । रामप्रसाद माइला र युवराज कान्छा हुन् । दाजुभाइ एकै पदमा उठेपछि परिवारमा भने कसलाई भोट दिने भन्ने सकस परेको छ ।</p><p>‘कान्छाले आएर उम्मेदवार बनेको सुनायो, एकै पदमा नउठ भनेको मानेनन्,’ आमा मायादेवीले भनिन्, ‘पक्षपात गर्न मिलेन , बरु भोट दिन नै जान्नँ ।’ उनीहरुका ६५ वर्षीय जेठा दाजु चन्द्रप्रसादले दुवै भाइहरु उम्मेदवार बनेपछि अलमलमा परेको बताए । -नयाँ पत्रिका दैनिक </p>
Related News


