Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन १८ गते, राति १:०७ बजे
पत्रपत्रिकाबाट

रामेछापमा टिप्पर दुर्घटना २ जना घाइते, एकको अवस्था चिन्ताजनक

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


साउन १८, रामेछाप । रामेछापको मन्थलीबाट बालुवा लिएर रजगाउँतिर जाँदै गरेको ट्रिपर मंगलबार मन्थली नगरपालिका ७ ओडारेमा दुर्घटनामा परेको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । 

बा २ क ६१९ नम्बरको उक्त टिप्पर उकालो बाटोमा पछाडि सर्दै करिब १ सय ५० मिटर तल तामाकोसीको बगरमा झरेको थियो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परेर चालक तुलबहादुर तामाङ र यात्रु विष्णुमाया माझी घाइते भएका हुन् । तामाङको अवस्था चिन्ताजनक रहेको छ । 

घाइते दुवैलाई तामकोसी सहकारी अस्पताल मन्थलीमा भर्ना गरिएको छ । सहचालक भने हामफालेर ज्यान बचाएका छन् । -कान्तिपुर दैनिक