Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १९ गते, राति २:३६ बजे
काठमाडौँ - KTM

अर्थमन्त्रीको कडा निर्देशनसँगै दैनिक ३५ करोड भन्सार राजस्व बढी उठ्यो, यस्तो छ कारण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १९, काठमाडौँ | भन्सारका कर्माचारी र आयातित व्यापारमा संलग्न उद्योगी-व्यापारीबिचको मिलोमतोमा राज्यले दैनिक करोडौं राजस्व गुमाउँदै आएको खुलेको छ। आजको नागरिक दैनिकका लागि बालकृष्ण ज्ञवालीले लेखेको सामाचार अनुसार ‘चारदिन अघि अर्थमन्त्री बनेका

युवराज खतिवडाले विभिन्न स्थानामा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौं बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रूपैयाँ राजश्व बढी उठेकाले मिलेमतोमा करोडौं राजश्व गुमिरहेको खुलेको हो ।’

मेला पर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालायबाट औषतमा ८५ करोड राजश्व उठाउने गरेका थिए । नयाँ अर्थमन्त्रीले कडा निर्देशन दिएकै दिन भने एक अर्व २० करोड रूपयाँ भन्दा बढि राजश्व उठ्यो । अन्य दिनको तुलनामा असुली कम्ती पनि ३५ करोड बढि हो । 

यो तथ्याङ्कले भन्सार कर्मचारी र व्यापारीको मिलोमतोमा राज्यको दैनिक ३०-३५ करोड रूपैयाँ राजश्वको हिनामिना हुने गरेको आशंका गरिएको छ।