Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २७ गते, राति २:०६ बजे
काठमाडौँ - KTM

यस्ता हुनेछन् ७५३ स्थानीय सरकार

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, काठमाडौँ | सचिव थपलियाका अनुसार स्थानीय तह पुनः संरचना गरी अस्थायी संगठन संरचना र दरबन्दी अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरी लागू गरिनेछ।

सरकारले संघीय राजधानी काठमाडौं महानगरपालिकासहित देशका ७५३ वटै स्थानीय तहको नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको छ। सरकारले संघीय ढाँचाअनुसार सबै स्थानीय सरकारको पुनः संरचना गर्दै नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको हो।

समायोजनमा ढिलाइ भएकाले कर्मचारी स्थायी रूपमा समायोजन नहुँदासम्म तत्काल सबै स्थानीय तहलाई कामकाजी र प्रभावकारी बनाउन पुनः संरचना गदै नयाँ संगठन संरचना र दरबन्दी तयार पारिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकासहित सबै स्थानीय तह तदर्थ र कामचलाउ रूपमा सञ्चालित छन्। अधिकांश स्थानीय तह केन्द्रीकृत शासन प्रणलीकै संरचना र ढाँचामा रहँदा सेवा प्रभावकारी बन्न सकेको छैनन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सर्वसाधारणमा तत्काल संघीय शासनको अनुभूति दिलाउन पनि सबै स्थानीय तहको पुनः संरचना गर्दै नयाँ संगठन संरचगना र दरबन्दीको टुंगो लगाएर कर्मचारी खटाउने जानकारी दिए। हाल स्थानीय तहको प्रशासनिक पुनस् संरचना नगरी पठाइएकाले पनि कर्मचारी जान आनाकानी गर्दै आएको मन्त्रालयले जनाएको छ। 

– यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।