पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अबरुद्ध

Posted on: 30 Jul, 2023

साउन १४, पाल्पा | पहिरो खसे पछि सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुन पुगेको हो ।

पहिरो खसेर राजमार्ग अवरुद्ध भए पछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन बिहानदेखि नै पहिरो खुलाउने प्रयास गरिरहेको छ । 

कर्पोरेसनका अनुसार ब्रेकर लगाएर ढुंगा फुटाएर सवारी साधन सञ्चालन गर्न सकिने भन्दै काम सुचारु गरिएको हो । ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!