फिदिम नगर कपको पाँचौँ संस्करण पौष १३ बाट

Posted on: 20 Dec, 2023

कमल घिमिरे । पौष ४ । पाँचथर,पाँचथरको फिदिम नगरपालिका ७ मा हुने फिदिम नगर कपको पाँचौँ संस्करण पौष १३ बाट हुने भएको छ । 

स्वतन्त्र क्लवको आयोजनामा रानिटार स्थित बराजु खेल मैदानमा पाँचौँ फिदिम नगर कपको आयोजना गर्न लागिएको फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजक स्वतन्त्र क्लवले जानकारी दिएको छ । आमन्त्रीत नगर कपमा आयोजक सहित साविक मेची अञ्चलको ८ टिम सहभागी हुने छन् । प्रतियोगितामा योङ व्वाइ फुटबल क्लव इलाम, पाँचथर फुटबल क्लव, रेड स्टार फुटबल क्लव झपा, तुकैनी स्पोर्ट क्लव झपा लगायतको टिम सहभागी हुनेछन् ।  प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार रुपैँया र उप विजेताले ९२ हजार रुपैँया प्राप्त गर्ने आयोजक क्लव का अध्यक्ष बल बहादुर गुरुङले बताउनुभयो ।  

प्रत्येक खेलको म्यान अफ द म्याच, विधागत र उत्कृष्ट खेलाडीको पनी पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फुटवलको माध्यम बाट सकरात्मक सचेतना फैलाउन, फिदिम नगरपालिकाको पर्यटन प्रवर्धन गर्न र खेलकुदको विकास गर्न नगर कपको आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!