माघे सक्रान्ती गोल्डकपको उपाधी हुलाक लाइन लाई

Posted on: 16 Jan, 2024

कमल घिमिरे । माघ २ । पाँचथर , पाँचथरको फिदिम मा सम्पन्न चौथो सँस्करणको माघे सक्रान्ती गोल्डकपको उपाधी हुलाक लाइनले हात पारेको छ ।

फिदिम नगरपालिका ६ शिवा स्थित खाम्लोदिन खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा आयोजक लाङ्घाली क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै हुलाक लाइनले उपाधी जितेको हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछी टाइबेकरमा धकेलिएको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी हुलाक लाइनका कुसान नेम्बाङ, बेस्ट डिफेन्डर हुलाक लाइनकै टिएन जंग क्षेत्री, हाइ स्कोरर आयोजकका टिकाराम मगर, बेस्ट किपर मनापाजुङ युवा समुहका आयुस लिम्बु घोसित भए । 

विजेता हुलाक लाइनले नगद ३५ हजार ५ सय पचपन्न सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उपविजेता आयोजकले नगद २२ हजार २ सय २२ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता उपविजेता टिमलाई प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सभापती रुपनारायण जवेगु र ६ नम्बर वडा अध्यक्ष विपन तुम्रोकले पुरस्कार वितरण गर्नुभएको थियो । 

पौष २६ बाट सुरु भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको आयोजक क्लवका सल्लाहाकार रोशन सारुले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!