कुम्मायक रनिङ गोल्डकप चैत्र ११ बाट

Posted on: 23 Feb, 2024

कमल घिमिरे । फागुन ११ । पाँचथर, पाँचथरको कुम्मायक गाउँपालिकामा पाचौँ संस्करणको कुम्मायक रनिङ गोल्डकप आगामी चैत्र ११ बाट हुने भएको छ । 

शुक्रबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजकले गोल्डकपको बारेमा जानकारी दिएको हो । कुम्मायक स्पोर्टिङ क्लवको आयोजनामा पृथ्वी मा.वि. को खेल मैदानमा हुने गोल्डकपमा जिल्लाका आठ वटै स्थानीय तहले सहभागी जनाउने छन् । प्रतिायेगिताको विजेताले १ लाख ११ हजार १ सय ११ सहित चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप विजेताले ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलाडीलाई विधागत पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । 

तीन पटक लगातार विजेता भएको स्थानीय तहले चाँदिको ट्रफी हात पार्ने आयोजक क्लवका अध्यक्ष खेमराज निरौलाले जानकारी दिनुभयो । “आठ वटै स्थानीय तहको सहभागिता पाँचथरको शान, स्थानीय खेलकुद विकासमा कुम्मायक स्पोर्टिङ क्लवको अभियान” भन्ने मुल नारा लिएर खेलकुद क्षेत्रलाई प्रवर्धन गर्न प्रतिायेगिता गर्न लागिएको आयोजक क्लवका सचिव डिकध्वज लावतीको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!