पढ्न करिब 1 मिनेट लाग्छ


कमल सुबेदी/मंसिर २०, पोखरा । सरकारले हालै मात्र संसदमा पेश गरेको संबिधान संशोधनका बिरुद्ध देशै भरि आन्दोलन चलिरहेका बेला पोखरामा भने संबिधान संशोधनका बिषयमा जनमत संग्रह भएको छ ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको आयोजनमा गरको कार्यक्रममा तिन हजार आठ सय पन्चानब्बे जनाले आफ्नो मत हालेका छन् । जस मध्ये संबिधान संशोधनका विपक्षमा तिन हजार सात सय अठार मत खसेको थियो भने संबिधान संशोधनका पक्षमा एक सय बहत्तर मत खसेको थियो ।
कुल खसेको मत मा ५ मत बदर भएको थियो । यसरी यो जनमत संग्रहलाइ हेर्ने हो भने देशै भरि संबिधान संशोधनका विपक्षमा मत खस्ने अनेरास्वियु केन्द्रिय सचिवालय सदस्य सरिता पुरीले जानाकारी दिइन् ।

















