२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ संरचनामा स्थानीय निर्वाचन हुन्छ : प्रधानमन्त्री

२०७३, २ पुष शनिबार ०८:१७

पुस २, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निकायको निर्वाचन नयाँ संरचना निर्माण गरेर मात्रै गरिने बताउनुभएको छ । 

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पुरानो संरचनामा स्थानीय तहको निर्वाचन सम्भव नरहेको बताउनुभयो । 

पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउने तयारी गरेको भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो “नयाँ संरचना अनुसार नै चुनाव गर्नुपर्छ भन्ने सरकारको स्पष्ट धारणा हो ।” उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र आफूका बीचमा निर्वाचनबारे छलफल भएको बताउँदै कुन तहको निर्वाचन गर्ने भन्ने विषयमा भने टुङ्गो नलागेको बताउनुभयो । 

देउवा र ओलीले पुरानै संरचनामा भए पनि निर्वाचन गर्नुपर्ने बताएको भन्दै उहाँले आफूले त्यत्रो मेहेनत परिसकेकाले नयाँ संरचना अनुसार नै निर्वाचन गर्नुपर्छ भनेको उल्लेख गर्नु भयो । 

प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्तावलाई अगाडि नबढाएसम्म निर्वाचनमा जान सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “संविधान संशोधनको प्रस्ताव निर्वाचनका लागि हो भनेर बुझ्न जरुरी छ ।” उहाँले संविधान संशोधनको प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनको मिति तोक्ने कार्यलाई प्याकेजमा सहमति गराउनेतर्फ सरकार लागेको बताउनुभयो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो “अन्ततः समझदारीमा आउनै पर्छ, नमिल्ने खालको आन्दोलन छोडेर आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।” 

संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेको भन्दै उहाँले पुस ४ गतेको बैठकमा टेबुल हुने बताउनुभयो । उहाँले भन्नुभयो “संशोधन प्रस्ताव सभामुखको कार्यसूचीमा चढिसकेको छ, ४ गतेको बैठकमा टेबल हुन्छ ।” त्यसपछि मधेसवादी दल पनि सहमतिमा आउने उहाँले बताउनुभयो । 

सत्तारुढ दलका नेताहरु नै आन्दोलनमा रहेको भन्ने जिज्ञासामा प्रधानमन्त्री दाहालले पार्टीको निर्णयभन्दा बाहिर कोही पनि नजाने बताउनुभयो । 

हालै मात्र सार्वजनिक भएको सम्पत्ति विवरणको विषयमा प्रधानमन्त्री दाहालले चितवनकै शिवनगरको भिमसेननगरमा रहेको अङ्शबण्डामा आफूलाई परेको एक बिगाहा १० कठ्ठा जग्गा पहिले नै बिक्री गरेर पार्टीलाई बुझाइसकेको बताउनुभयो । अर्को एक प्रश्नमा उहाँले अग्ला भवन बन्ने वित्तिकै प्रचण्डको लगानी भन्ने गरेको भन्दै भर्खरै उद्घाटन भएको चन्द्रागिरी केवलकार पनि प्रचण्डकै लगानीमा बनेको हल्ला चलेको बताउनुभयो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो “जहाँ जे बनेपनि अब सबै नेपाल नै मेरो हो ।” गृह जिल्ला चितवनलाई चुनावी क्षेत्र बनाउने विषयमा आफ्नो दल र विपक्षीले पनि कुरा गरिरहेको प्रशङ्ग कोट्याउँदै उहाँले चितवनमा सम्भव नहुने अवस्था नरहेको बताउनुभयो । जिल्लालाई केन्द्रित गरी विकासको प्याकेज कार्यक्रम लिएर आफू छिट्टै पुनःचितवन आउने उहाँले आश्वासन दिनु भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी