पुस ६, काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।&"/>
2026-06-25 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद केहि दिनमै सञ्चालन हुन्छ: सभामुख घर्ती

2016-12-21

पुस ६, काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । 

व्यवस्थापिका–संसद् सचिवालयद्वारा यहाँ आज आयोजित ‘प्रभावकारी संसद् र जनतासँगको सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले भन्नुभयो, “संसद्मा अहिले देखिएको अवरोध हट्न गई संसद्का गतिविधि केही दिनभित्रै सञ्चालन हुनेछन् ।” 

मुलुक र राजनीतिक दलको प्रमुख कार्यभार भनेको नयाँ संविधानको समयबद्ध कार्यान्वयन नै हो भन्दै उहाँले २०७४ माघभित्रै तीन तहको निर्वाचन पूरा गरी मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढाउन लाग्नुपर्ने बताउनुभयो । 

नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले प्रेसको सिर्जनात्मक आलोचनाले संसद् र सांसदहरुलाई समृद्ध र सुदृढ तुल्याउन योगदान दिने बताउनुभयो । 

व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, नेता र सांसद सक्रिय भएमा जनताको प्रतिनिधि निकाय, संस्था संसद् स्वतः प्रभावकारी हुनेछ, भन्नुभयो । 

संसदीय पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयालले संसद्मा जनताको पहुँच भनेको प्रेस मार्फत सहज रुपमा जनता समक्ष सूचना पु¥याउनु हो भन्ने पक्षलाई सरकार र संसद्ले बुझ्न जरुरी छ भन्नुभयो । 

दुई दिने सो कार्यक्रममा संसद्लाई प्रमुख बिट बनाएर कार्यरत सञ्चारकर्मी र संसद्का कर्मचारीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ