Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष १२ गते, बिहान ८:१३ बजे
काठमाडौँ - KTM

एमालेले संसद् अवरुद्ध गर्नुको औचित्य छैन: राई

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


पुस १२, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्नुको पछाडि कुनै औचित्य नभएको बताएका छन् । 

कार्यकर्ता भेटघाटका लागि गृह जिल्ला खोटाङ आएका वरिष्ठ नेता राईले दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले संसद् अवरुद्ध गरेर देशलाई सङ्कटतर्फ धकेलेको आरोप लगाए । 

अहिलेको अवस्थामा जारी संविधानले मुलुक चलाउन नसक्ने भएकाले सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउँदै पार्टी संसदीय दलका नेता राईले भने-, “अहिलेको संविधान ८० प्रतिशत संशोधन गर्नुपर्ने अवस्थाको छ । सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावप्रति एमालेले संसद् नै अवरुद्ध गर्नु निकासको बाटो हैन ।” 

स्थानीय तहको निर्वाचन सम्बन्धमा पत्रकारले गरेको प्रश्नको जवाफमा नेता राईले देशमा पुरानै संरचनामा निर्वाचन गर्न नहुने बताए ।