Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष १८ गते, बिहान ८:४६ बजे
काठमाडौँ - KTM

संसदमा पेलेर जान खोजे प्रतिकार हुन्छ: खनाल

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १८, भक्तपुर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनका विषयमा सत्तारुढ दल व्यवस्थापिका–संसद््मा पेलेर जान खोजेमा आफ्नो पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताएका छन् । 

संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलले यही पुस २२ गते काठमाडौँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा आज एमालेको जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपाल भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले राष्ट्रलाई विखण्डन गराउने गरी कुनै पनि संशोधन हुन नसक्ने बताए । 

उनले भने– ‘‘५ नं प्रदेशका तराई र पहाडलाई अलग बनाउने प्रस्ताव अन्ततः एक मधेस एक प्रदेश बनाउने मनसायले आएकाले आफूहरुले त्यस्तो प्रस्तावलाई संसद्मा छलफल र पारित गर्न दिने छैनौँ । आन्दोलनको आवाज नसुने अहिले सरकारमा रहेका दल आगामी निर्वाचनमा बत्ती बालेर खोज्नुपर्ने हुन सक्छ ।’’ 

नेपालको संविधान लोकतान्त्रिक चरित्रको भएपनि यसमा रहेका कतिपय कमजोरी क्रमशः सुधार गर्नुपर्ने तर हाललाई गतिशील दस्तावेजका रुपमा यसको कार्यान्वयनमा जानुको विकल्प नभएको उनले उल्लेख गरे । 

जिल्ला प्रचार विभागका प्रमुख श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले संविधानको प्रतिकूल हुने गरी संविधान संशोधन आएकाले सञ्चारमाध्यमले तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने  बताए ।