Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष २५ गते, बिहान ९:०४ बजे
कास्की - KSK

भुकम्पले क्षति पुगेका विद्यालयहरु निर्माणमा सरकारको प्राथामिकता: राज्यमन्त्री विक

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


कमल सुबेदी/पुस २५, पोखरा । शिक्षा राज्य मन्त्री धनमाया विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माणमा सरकारको पहिलो प्राथामिकता रहेको बताएकी छन् । 

कास्कीको हंसपुर ८ मा रहेको श्री हिमालय निम्न माध्यमिक विद्यालयको नब निर्मीत ४ कोठे भुकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दै शिक्षा राज्य मन्त्री विकले उक्त कुरा बताएकी हुन् । भवनको उद्धघाटन गर्दै मन्त्री विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माण सरकारको प्राथामिकतामा रहेकाले छिट्टै निर्माण सम्पन्न गरि पठनपाठनलाई व्यवस्थित गरिने उल्लेख गरिन् । 

दुरदराजमा रहेका सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले स्तर उन्नतीमा लाग्नु पर्ने मन्त्रीको भनाइ रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव विद्यार्थी नेता कृष्णराज दाहाल, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर गौतम लगाएत ले सरकारी बिद्यालयको शैक्षिक गुणस्तरको बिकाश गर्नको लागि सबै एक जुट हुनुपर्नेमा जोड दिएका थिए । 

नब निर्मीत ४ कोठे भुकम्प प्रतिरोधी भवन नेपाल सरकारको ६२ लाख अनुदान लागतमा निर्माण गरिएको   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बराले जानाकासरी दिए । हाल उक्त विद्यालयमा १ देखी ८ सम्म करिब १ सय ८० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।