२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पदको मोहले पीडा विर्सिए एमाले नेता विशाल भट्टराईले

२०७४, ७ मंसिर बिहीबार ०८:१९

मंसिर ७, खोटाङ । ‘आखाँ छोपी नरोउ भनी भन्नु प¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ,’ भनेजस्तै भएको छ वाम गठबन्धनको चुनावी तालमेलले खोटाङका एमाले नेता विशाल भट्टराईलाई । 

२०५६ सालमा एमालेको विद्यार्थी राजनीतिबाट खोटाङ प्रवेश गरेका नेता भट्टराइले राजनीतिक यात्रा सुरु गरेको  तीन वर्ष पनि वितेको थिएन, उनले राजनीतिको स्वाद राम्रोसंग लिन नपाउँदै २०५९ सालमा माओवादीद्धारा उनलाई अपहरण गरियो । अपहरणपछि उनलाई ४६ दिन माओवादीले बन्धक बनाएर राखे । उनी अपहरणमा परेपछि घरपरिवार साथीभाइ त आत्तिने नै भए किनकि त्यतिखेर माओवादी पक्ष र राज्य पक्षबीच द्धन्द उत्कर्षमा थियो । भट्टराईले भने, ‘मलाई अपहरण गर्ने खोटाङ र भोजपुरका साथीभाइ नै थिए, म अपहरणमा परेपछि कसैसंग सम्पर्कमा  रहन पाइन, न त खानको टुङ्गो थियो न वस्नको । उनीहरुको निगरानीमा ४६ दिन बिताउँनुप¥र्यो ।’ एमालेको संगठन विस्तार गरेको आरोपमा उनीहरुले मलाई अपहरण गरेका थिए । 

 त्यो क्षण उनी अहिले पनि सम्झन्छन् । तर पनि त्यो विगत अव सम्झनलाई उनलाई पक्कै समस्या गराएको हुनुपर्छ, चुनावी वाम तालमेलले । माओवादीले त्यो बखत  दिएको पीडाले भट्टराईलाई वेला –वेला च्वास्स घोच्दो हो ।

उनको चाहना र राजनीतिक यात्रामा इख थियो त केवल माओवादीहरुसंग ।  तर चुनावी तालमेलले माओवादीहरुसंग संगै हिड्नुपर्ने बाध्यता ल्याइदियो । मनका पीडा लुकाएर आसन्न मंसिर १० गते हुने चुनावका लागि माओवादीलाई समेत भोट माग्दैछन् ।

त्यसो त, पटक–पटक खोटाङको राजनीतिमा पराजित भएका भट्टराईलाई जनताले अन्तिम राजनीति हो भन्दै २०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट विजयी गराए । जनतासंग आशा थियो भट्टराईले विकास ल्याउँछन्, समृद्ध खोटाङ बनाउँछन,  संसदमा वलियो उपस्थिति देखाउँछन भन्ने, तर उनको राजनीति सांसद बन्न मात्र रह्यो । 


खोटाङका लागि उनले प्रगतिका ठूला काम केही गर्न सकेनन् । बरु उनी संसदीय विकास कोषको पैसा वितरण गर्दा आफ्नै कार्यकर्तालाई पृष्ठपोषण गरेको र आफैले कमिसन खाएको आरोपमा मुछिए । त्यतिमात्र हैन,  उनलाई हरेक निर्माणका गतिविधिमा कमिसनको खेलमा रहेको समेत आरोप लाग्यो ।

उनलाई पछिल्लो समय स्थानीय निर्वाचनमा झन ठूलो ‘व्लेम’ लाग्यो, खोटेहाङ गाउँपालिकाको केन्द्र राख्ने विषयमा, आफ्नो जन्मभूमि खोटाङवजारमा राख्न जोड दिएकोले । अन्ततः उनले केन्द्र खोटाङवजार नै कायम गरेपछि त्यस क्षेत्रका आफ्नै पार्टीका कार्यकर्तादेखि समान्य जनता समेत रुष्ट हुन पुगे । 

२०७० सालमा जिल्लाका दुवै क्षेत्र जितेको एमालेले चुनावी तालमेलका कारण प्रदेश ख माओवादीलाई बुझाउँनु परेकोले पनि एमालेलाई पीडा हुनु स्वाभाविक छ । एमालेका एक नेताले भने, ‘खोटाङका तीनै सिट हामी पक्का जित्थ्यौं, तर तालमेलले एक सिट गुमाउँनु प¥यो । हिजोसम्म सूर्यमा भोट जनतासंग मागेका हामीले आज हसिया हतौडा चिन्हमा भोट हाल्नुहोस् भन्नलाई समस्या पैदा भएको छ  । त्यही पनि वाध्यता आएपछि माग्नै प¥यो ।’

एमाले पार्टीमा भट्टराई भन्दा पनि वढी योगदान गर्ने र उर्जाशील नेता प्रशस्तै छन् । तर उनले ती नेतालाई २०५६ सालदेखि लागातार कहिले अगाडि बढ्न दिएनन् । जतिवेला पनि आफैं हिरो हुनुपर्छ भन्ने मानसिकताका भट्टराईले यस पटक पनि प्रतिनिधि सभाको टिकट फुत्क्याएरै छाडे । युवा नेता पार्टीका केन्द्रिय सदस्य राजन राईलाई प्रदेशमा थन्काएर आफू प्रतिनिधि सभाका लागि चुनावमा अगाडि बढेका छन् । 

माअ‍ोवादीलाई कुनैपनि हालतमा सहयोग नजुटोस भन्ने मानसिकताबाट ग्रसित हुँदा हुँदै पनि माथि भनेझै मुटु माथि ढुङगा राखेर माओवादीको लस्करमा एकाकार बनेका छन् । हेरौं उनको पीडा कसरी शान्त हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से