Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर १२ गते, बिहान ७:१७ बजे
राजनीति

कांग्रेसको सुर्खेत जिल्ला सभापतिमा पोखरेल सर्वसम्मत

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १२, सुर्खेत | नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशनबाट सभापतिमा खड्ग पोखरेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले पोखरेललाई सर्वसम्मत चयन गरेको हो । 

मनोनयन दर्ताको लागि तोकिएको अवधिमा पोखरेलको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत सभापति चयन भएका हुन् । यस्तै, उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल, सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी मैदानमा छन् ।