Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर १९ गते, बिहान ४:०७ बजे
राजनीति

कांग्रेस कर्णाली प्रदेश सभापतिमा शाही निर्वाचित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १९,  सुर्खेत | नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजंग शाही निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन्।

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजंगले ४२२, उहाँका प्रतिद्वन्द्वी भूपेन्द्रजंगले ३१७ र मोतीराज बमले सात मत प्राप्त गरेका थिए। सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजंग दोस्रो संविधानसभामा सदस्य हुन्।

कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो। निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताए। कांग्रेसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था रहेको छ।