Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ चैत ०६ गते, बिहान ११:३४ बजे
काठमाडौँ - KTM

जनताका मनबाट हामी बाहिरिएका छैनौँ : पोखरेल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ६, काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताउनुभएको छ । एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताउनुभयो ।

“एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन्”, पोखरेलले भन्नुभयो, “आम जनताको मन–मनमा एमाले छ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउनेछौँ ।” एमाले कर्णाली प्रदेश इञ्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेलले धेरै दलबाट मुलुकले स्थायित्व नपाउने भन्दै दुई दलीय व्यवस्था आवश्यक रहेको जिकिर गर्नुभयो ।