एमसीसी विवादपछि पार्टी छाडेका माओवादी नेता पुन: माओवादीमै फर्किए

Posted on: 31 Mar, 2022

चैत १७, महोत्तरी । अमेरिकी सहयाेग परियाेजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रकाे निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी  केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् ।

माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै परित्याग गरेका थिए ।

केन्द्रीय समिति बैठकले एमसीसीका बिषयमा पार्टीभित्र उठेका मतभेदहरूलाई सावधान गर्न फोरम सन्चालन गर्ने निर्णय गरिसकेको छ । प्रदेश इन्चार्ज गणेश साहले प्रेस वक्तब्य नै जारी गरेर पार्टीमा नै बसी बहस गर्न अपिल गरेपछि उनीहरू सहमत भएका हुन् ।

अलग भएको घोषणा गर्ने नेताहरूमा तुलसी ढुङ्गना, रामबहादुर राणा, वैधनाथ यादव, राजन ढुङ्गना, उर्मिला कार्कीलगायत थिए । उनीहरूले अब  पार्टीमा नै कृयाशिल हुने प्रतिबद्धता जनाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!