भदौ १९, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताएका छन् । "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताएका छन् । "/>
२०८३, २० जेष्ठ बुधबार
काठमाडौँ - KTM

कर्मचारीले निष्पक्ष भई काम गर्नुपर्छ: मन्त्री निधि

२०७३, १९ भाद्र आईतवार १०:४५

भदौ १९, काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि कर्मचारीको सहयोग आवश्यक हुने बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को २७ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनअघि मधेसी मोर्चासँग वार्ता गरी समस्या समाधान गरिने  बताए । 

“मधेसी मोर्चालाई संविधानमा सहमत गराई स्थानीय, प्रादेशिक र सङ्घीय (केन्द्रीय) निर्वाचन गराउनु सरकारको प्रमुख प्राथमिकता हो, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कामलाई पनि प्राथमिकता दिइनेछ, यी काम सम्पन्न गर्न कर्मचारीले निष्पक्ष भई काम गर्नुपर्छ”–उनले भने । 

नेपाली काँग्रेसकी नेत्री एवम् सांसद कमला पन्तले सरकारमा काँग्रेसका मन्त्रीहरुले आफ्नो प्रभाव राख्नुपर्ने सुझाव दिईन । कार्यक्रममा सङ्घका अध्यक्ष एवम् आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटा, पूर्वअध्यक्षद्वय भवानीप्रसाद थानी र भानुभक्त ढकाल, महासचिव जितबहादुर मडैलगायतले जनमुखी सेवा प्रवाह गर्न स्थायी सरकार कर्मचारी लाग्नुपर्नेमा जोड दिए । 

सो अवसरमा स्मारिका ‘कर्मचारी’ को विमोचन गरिनाका साथै पूर्वसचिवद्वय माधवप्रसाद रेग्मी र विश्वप्रकाश पण्डित, पूर्वउपसचिव रामहरि अर्याल तथा शाखा अधिकृतद्वय श्यामजङ्ग कार्की एवम् सुदर्शन दवाडी लगायतलाई लामो समय सेवा गर्नुभएकामा सम्मान गरियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा