काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन आवश्यक भएको बताएका छन् ।&nb"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन आवश्यक भएको बताएका छन् ।&nb"/>
२०८३, २० जेष्ठ बुधबार
काठमाडौँ - KTM

मधेस समस्या समाधानका लागि सरकार परिवर्तन:नेता सिंह

२०७३, २० भाद्र सोमबार ०९:३०

काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन आवश्यक भएको बताएका छन् । 

नेपाल तरुण दल काठमाडौँ जिल्लाको चौंथो अधिवेशनको आज उद्घाटन गर्दै नेता सिंहले १७ महिनाभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय तह निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताए । 

उनले भने-, “तीनवटा निकायको निर्वाचन गर्न दलहरुबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ ।” 

तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् रक्षामन्त्री बालकृष्ण खाँडले काँग्रेस पार्टीको विचारलाई आम युवामाझ लैजान तरुण दलको ठूलो भूमिका रहेको बताए ।उनले भने-, “प्रजातन्त्र विरोधी शक्ति सल्बलाइरहेको यो समयमा तरुण दलको देशप्रति ठूलो जिम्मेवारी छ ।” 

तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले तरुण दललाई विपक्षी सङ्गठनले सम्मान गर्ने सङ्गठनका रुपमा स्थापित गर्न सक्नुपर्ने बताए । उनले तराईका केही जिल्लाको अधिवेशन नभएका कारण केही दिनका लागि अधिवेशनको समय सरेपनि तोकिएकै समयमा अधिवेशन हुने स्पष्ट पारे । 

नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले सबै तरुणको भावनालाई समेट्ने नेतृत्व आवश्यक रहेको बताउँदै एउटा भ्रातृ संस्थाको व्यक्ति अर्को संस्थामा निर्वाचन लड्न नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिए । 

तरुण दल काठमाडौँका अध्यक्ष गोकर्ण केसी, सांसद भीमसेनदास प्रधान, ध्यानगोविन्द रञ्जित, दीपक कुँइकेल, राज्यलक्ष्मी श्रेष्ठ, काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजाल, तरुण नेत्री जीवन डङ्गोल, लक्ष्मी खतिवडा, नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यलगायतले पार्टीका भ्रातृ संस्थाको पदाधिकारीमा काठमाडौँको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा