Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०४ गते, बिहान ५:०७ बजे
कास्की - KSK

प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा पौडेल निर्वाचित

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ४,पोखरा । प्रेस सेन्टर नेपालको ४ नम्बर प्रदेश अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित  भएका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष दीपक जलन, खुल्ला उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, समावेशी उपाध्यक्ष रामबहादुर घले, सचिव अर्जुन काफ्ले, सहसचिव मुरारी शर्मा र सन्तोष गौतम (खुल्ला), प्रितम भुजेल (जनजाति), कमला भुजेल (महिला), नारायण विश्वकर्मा (दलित) र कोषाध्यक्ष राधिका कँडेल निर्वा्चित भएका छन् । 

प्रदेश समितिमा ४ नम्बर प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरु पदेन सदस्य छन् ।

सम्मेलनले असोज १३ र १४ गते काठमाडौंमा हुने प्रेस सेन्टर नेपालको को राष्ट्रिय सम्मेलनका लागि २७ जना केन्द्रीय प्रतिनिधि पनि निर्वा्चित गरेको छ । 

सम्मेलनमा मुस्ताङ अध्यक्ष चन्द्रश्वर बस्ताकोटी, म्याग्दी अध्यक्ष कमल खत्री, बागलुङ अध्यक्ष राम थापा ‘अविरल’,पर्वत अध्यक्ष प्रनिश गिरी, कास्की अध्यक्ष विभु भुसाल, स्याङ्जा अध्यक्ष अर्जुन काफ्ले, लमजुङ अध्यक्ष रुद्र ढकाल, गोरखा अध्यक्ष गुणराज रोक्का, तनहुँ अध्यक्ष सानेबहादुर नेपाली, नवलपुर अध्यक्ष लक्ष्मीप्रसाद पंगेनीले रिपोर्टिङ गरेका थिए ।