असोज ६, न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

2026-06-24 05:00 PM
काठमाडौँ - KTM

संयुक्त राष्ट्र सङ्घको महासभामा सार्कलाई प्रभावकारी बनाउने विषयमा छलफल

असोज ६, न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका सार्क क्षेत्रका परराष्ट्रमन्त्रीहरुको अनौपचारिक बैठकलाई बुधबार यहाँ सम्बोधन गर्दै उहाँले पोखरामा केही समय पहिले सम्पन्न सार्कको परराष्ट्र मन्त्रिस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन गर्दै यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

सार्क क्षेत्रमा रहेको गरिबी, असमानता, बेरोजगारी, जलवायु परिवर्तन तथा आपसी हित र चासोका सम्बन्धमा समान धारणा बनाएर जानुपर्नेमा उहाँको जोड थियो । 

यस्तै, अनौपचारिक बैठकमा सार्कको आगामी १९औँ शिखर सम्मेलनको बारेमा समेत छलफल भएको थियो । 

प्रतिनिधि परराष्ट्रमन्त्रीहरुको अनौपचारिक छलफलको अध्यक्षता नेपालका परराष्ट्रमन्त्रीले गर्नुभयो । पाकिस्तानमा हुने सार्क सम्मेलनको तयारीका बारेमा समेत अनौपचारिक छलफल भएको थियो । 

बैठकबारे जानकारी दिँदै मन्त्री डा महतले सार्कमा रहेका समस्या के हुन्, के के गर्न बाँकी छ भन्ने बारेमा गहन छलफल भएको जानकारी दिनुभयो । 

यस्तै, बैठकमा सार्क क्षेत्रमा हालसम्म भएका प्रगति तथा अन्य विषयमा समेत बहुपक्षीय विचार–विमर्श तथा समस्या समाधानको विषयमा विचार आदानप्रदान भएको उहाँले बताउनुभयो । 

साथै, आगामी सार्क सम्मेलनको तयारीका बारेमा सार्कका महासचिव अर्जुनबहादुर थापाले हालसम्मका प्रगति र सार्क सम्मेलनमा उठाउने विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो । 

सार्कमार्फत यो क्षेत्रभित्रका जनताको उन्नति र प्रगतिलाई कसरी अगाडि बढाउन सकिन्छ र व्यापार, सेवा, सडक, रेल, विद्युत्प्रसारण सञ्जाल तथा सम्पर्क सञ्जाल विस्तार गर्ने विषयलाई प्रमुख प्रथमिकतामा राखिएको उहाँको कथन थियो । 

बैठकपछि रासससँग कुरा गर्दै सार्कका महासचिव थापाले सार्कको मञ्चमार्फत आपसी हित र चासोलाई सम्बोधन गर्दै जाने विषयमा महत्वपूर्ण छलफल भएको बताउनुभयो । 

बैठकमा पाकिस्तानका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले सार्कको आगामी शिखर सम्मेलनको बारेमा भएको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित