रसिया पठाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 08 Jun, 2024

जेठ २६, रौतहट । विद्यार्थी भिसामा रसिया पठाई दिन्छु भनेर झन्डै ११ लाख रुपैयाँ ठगी गर्ने एक जना व्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ |

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका २ का २३ वर्षीय राहुल कुमार प्रजापति रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

प्रजापतिले आफ्नै गाउँका  २० वर्षीय जितेन्द्र कुमार यादवलाई विद्यार्थी भिसामा अध्ययनका लागि रसिया पठाइदिने भनेर एम्बेसीद्वारा जारी भएको भन्दै नक्कली कागजात देखाएर १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेका थिए । 

पीडितको उजुरीको आधारमा पक्राउ परेका प्रजापतिमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दायर गरी जिल्ला अदालत रौतहटबाट म्याद  थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!