३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

४ माघ २०७५, शुक्रबार ०९:०८

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । 

जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोजगार बनाउनका साथै स्वदेशी लत्ताकपडा उत्पादन बढाउने र स्वदेशमै खपत गर्नका लागि उक्त संस्था सञ्चालनमा ल्याइएको हो । करीब रु एक करोडको लगानीमा सातजना युवा मिलेर उद्योगको स्थापना गरिएको छ । 

प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले उत्पादनशील क्षेत्रमा गरिने लगानीले स्वदेशमा बेरोजगारी समस्या न्यूनीकरण गर्ने र राष्ट्रिय उत्पादनमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो । उहाँले युवावर्गले स्वदेशमै केही गर्ने लक्ष्य राखेर गरेको उद्यमशीलताको सराहना गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सोही वडाका अध्यक्ष ईश्वरमान डङ्गोलले स्थानीय तहले पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेको जानकारी दिनुभयो । 

प्रालिका अध्यक्ष विजय श्रेष्ठले आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनीकरण गर्नका लागि अब युवा वर्गले साना तथा मझौला उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट