२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झन्डै आकासमा ठोक्किए नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज, दुई एयर ट्राफिक कन्ट्रोलर कारबाहीमा

२०७९, १२ चैत्र आईतवार ०७:५९

चैत १२, काठमाडौँ | चैत १० गते नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्था टरे पनि नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ।

प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो। ती कर्मचारीहरूको नाम खुलाइएको छैन।

चैत १० गते शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए।

के भएको थियो?

शुक्रबार विहान साढे ८ बजे सिमराको आकाशमाथि नेपाल वायुसेवा निगमको विमान १५ हजार फिट उचाइमा उडिरहेको थियो । त्यतिनै बेला दिल्लीबाट काठमाडौंका लागि उडान भरेको एयर इन्डियाको विमानले मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आइरहेको निगमको जहाजलाई झन्डै ठोक्किएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोच कन्ट्रोल टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले एयर इन्डियाको विमानलाई भारतबाट नेपाल प्रवेश गर्दा १९ हजार फिटको उचाइमा आउन अनुमति दिए । तर, उक्त विमान एक्कासी १५ हजार फिटको उचाइमा झर्‍यो । सोही उचाइमा नेपाल वायुसेवा निगमको विमान होल्ड गरिरहेको थियो । उक्त विमानले अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि समय कुरिरहेको थियो । क्वालालम्पुरबाट आइरहेको नेपाल एयरलाइन्सको विमान शुक्रबार विहान १५ हजार फिटको उचाइमा उडान गर्दै ।

‘दुवै विमान समान उचाइमा उड्न थाले । नेपाल एयरलाइन्सको विमान ८ माइल (१२.८ किमि) अगाडि थियो । विमानको चेतावनी प्रणालीले जहाज ठोक्किन सक्ने सूचना सम्प्रेषण गरेपछि नेपाल वायुसेवा निगमको विमान तल झर्‍यो र एयर इन्डियाको विमान माथि गयो । जसले गर्दा करिब ३ सय ५० यात्रुको ज्यान बच्यो’ विमानस्थलका एक एटीसीले भने, ‘एयर इन्डियाको विमान १९ हजार फिटमा नउडेर किन १५ हजार फिटमा झर्‍यो भन्ने विषयमा अनुसन्धानबाटै खुल्छ ।’

नेपाल एयरलाइन्सको विमानभन्दा ८ माइल पछाडि समान उचाइमा उडान भरिरहेको एयर इन्डियाको विमान । सर्ट टर्म कन्फ्ल्क्टि अलर्टले विमान दुर्घटना हुनबाट जोगाएको एटीसी बताउँछन् । एयर बसले प्रति घण्टा कम्तिमा ३२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उडान भर्छन् । एक मिनेटमा एयरबसले कम्तिमा ५.५ किलोमिटर दूरी पार गर्छ । दुई विमानको दूरी ८ माइल (१२.८ किमि) मात्रै हुनु निकै जोखिमपूर्ण भएको ति एटीसीले बताए ।

एयर इन्डिया फरक भर्टिकल उचाइबाट एक्कासी तल झरेर नेपाल एयरलाइन्सको जहाजले उडान भरिरहेको समान ‘होरिजेन्टल’ उचाइमा पुग्यो । उड्डयनक्षेत्रका विज्ञहरु समान होरिजेन्टल उचाइमा कम्तिमा ९० नर्टिकल माइलको दूरीभन्दा कममा विमान उडन नमिल्ने बताउँछन् ।

यसअघि फागुन १५ गते बुध्द, कतार र नेपाल वायुसेवा निगमको विमान ठोकिनबाट जोगिएका थिए । काठमाडौं अवतरणका लागि नेपाल वायुसेवाको विमान तयार अवस्थामा रहँदा उक्त जहाजको केीमाथि कतार एयरवेज र तल बुध्द एयरको विमान थिए।

तीनवटै जहाजको फरक १ हजार ५ सय फिटमात्र थियो । कतार एयरको जहाज एक्कासी तल आएपछि निगमको जहाजमा एलर्ट भएको थियो । त्यसपछि निगमका पाइलटले विमानलाई तल झारेका थिए । जसले गर्दा ठूलो दुर्घटना टरेको थियो ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जोखिम विश्लेषण नगरी एटीसीलाई अतिरिक्त समय काम लगाउँदा निरन्तर उड्डयन सुरक्षामा लापरवाही भइरहेको छ । एटीसीको क्षमता अभिवृद्धिका लागि निरन्तर तालिम दिन सकिएन भने आगामी दिनमा जोमिख थप बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै