Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 4, 2023 समाज

पाँचथरको फालेलुङमा छैटौ चौँरी महोत्सव हुने

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल घिमिरे । चैत्र २१। पाँचथर, पाँचथरको फालेलुङ गाउँपालिकामा छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्सव आगामी चैत ३० देखी बैशाख २ गते सम्म हुने भएको छ ।

महोत्सव पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकाको चाररातेमा हुने भएको हो । भारतको सिमाना नजिक रहेको यो महोत्सव नयाँ बर्षमा आयोजना हुन लागेको हो । विश्वमै लोपोन्मुख चौंरी संस्कृतिको जगेर्ना गर्नु , उच्च पहाडी क्षेत्रको पर्यावरण सन्तुलन कायम गर्न ,विश्वमै लोपोन्मुख रेडपाण्डा र जैविक विविधताको संरक्षण गर्नु महोत्सवको मुख्य उदेश्य रहेको फिदिममा आयोजित पत्रकार सम्मेलनमा फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले बताउनु भयो ।

महोत्सवमा चौरी र चौरीजन्य उत्पादनको प्रर्दशनी, गोठ पर्यटनको प्रवद्र्धन, उच्च पहाडी क्षेत्रको अवलोकन, सास्कृतिक कार्यक्रम राखिएको छ । फुटवल प्रतियोगिता समेते हुने भएको  छ । अग्लो स्थानमा हुने प्रतियोगितामा १६ टिमको सहभागि हुने बताइएको छ । महोत्सवले गोठ स्टेलाई प्रवद्र्धन गर्ने छ ।

फालेलुङ गाउँपालिको आर्थिक सहयोगमा हुने महोत्सवमा चौँरी तथा याकको प्रजातीहरुको संरक्षण र सम्बर्धनमा सहयोग पुग्ने पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ । महोत्सवलाई आकर्षण गर्न फालेलुङ क्षेत्रमा पाइने जडिबुटीहरु , स्थानिय संस्कार सँस्कृती झल्कने परिकारहरु, भेडाको उनबाट निर्मित सामाग्रीहरुको बिक्री, गोठस्टेको अनुभव , पुरुष फुटबल प्रतियोगीता, नृत्य प्रतियोगीता लगायतको आकर्षण रहने आयोजकले जनाएको  छ ।

महोत्सव सहरी बिकास मन्त्री सिता गुरुङको प्रमुख अतिथ्यतामा हुने भएको छ । महोत्सवका लागी आवश्यक तयारी तिब्र रुपमा अगाडी बढाईएको  दिपज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो ।