२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बुद्ध एयरको जहाजभित्रै यात्रुको हानाहान

२०७९, २४ चैत्र शुक्रबार ०७:१५

चैत २४, काठमाडौँ | विराटनगरबाट काठमाडौँका लागि बुधबार अपरान्ह ४ः३० बजे उडेको बुद्ध एयरको जहाजभित्र दुइ यात्रुबीच हानाहान भएको छ । जहाज उडिरहेका बेला दुई यात्रु दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठबीच झगडा भएको हो ।

जहाज उडिरहेको बेला दुइ यात्रुबीच भनाभन भएको र मुक्कासमेत हानाहान गरेको भन्दै पाइलटले नागरिक उड्ययन प्राधिकरणमा समेत जानकारी गराएका थिए ।महानगरीय प्रहरी वृत्त गौशलाले उडिरहेको जहाजभित्र हानाहान गर्ने दुबैलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन विमानस्थल कार्यालयले उनीहरुलाई प्रहरीको जिम्मा लगाएको छ ।

जहाज उडिरहेको बेला दुइ यात्रुले एकअर्कालाई भनाभन गरेको र मुक्कासमेत हानाहान गरेको भन्दै पाइलटले नागरिक उड्ययन प्राधिकरणमा समेत जानकारी गराएका थिए । यसपछि ती यात्रुहरुलाई गैरसैनिक हवाई ऐन २०१५ र नागरिक उड्डयन सुरक्षा नियमावली अनुसार कारबाही अगाडि बढाइएको क्यान स्रोतले जनाएको छ ।

‘एकआपसबीच मनमुटाव भएपछि दुई यात्रुबीच हात हालाहाल भएको रहेछ, उडानकै क्रममा यस्तो घटना हुनु भनेको दुर्घटनाको जोखिम हुनु हो’ क्यान स्रोतले भन्यो, ‘अब प्रहरी अनुसन्धानबाट केही खुल्छ होला ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै