Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
April 7, 2023 समाज

उपचार गराउन ल्याउँदा कारागारबाट एक कैदी फरार

By साझासवाल 1 मिनेट पढाइ

चैत २४, जनकपुरधाम | जलेश्वर कारागारका एक जना कैदी बन्दी फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए ।

जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो आएको बेला फरार भएका हुन्  ।

कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार गराउन ल्याएका थिए ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।