२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

न्यायाधीश गिरीले हिजो राति आफ्नै कोठामा पटक-पटक जबरजस्ती गरेको पत्नीको आरोप

२०७९, २८ चैत्र मंगलवार ११:१९

चैत २८, काठमाडौँ | न्यायापरिषदका न्यायाधीश भुवन गिरीकी पत्नी पार्वती गिरी रावलले आफूलाई श्रीमानले हिजो राति पनि जोर–जबरजस्ती गरेको बताएकी छन् । गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

रावलले गिरीले आफूलाई बारम्बार फोन गरेर हिजो भेट्न बोलाएको बताइन् । उनीहरुले सुन्धाराको काठमाडौं मलमा भेटेका थिए । भेट्नासाथ आफ्नो मोबाइल कब्जामा लिएको र मुद्दा फिर्ता लिन दवाव दिएको रावलको भनाइ छ । आफूले नमानेपछि पछ्याउँदै आफ्नो कोठासम्म आएको र रातभरी टर्चर दिएको उनको भनाइ छ । ‘मलाई रातिदेखि बिहानसम्म आठपटक जबरजस्ति गर्यो,’ उनले भनिन् ।

मुद्दा फिर्ता नलिएमा आत्महत्या गर्ने धम्कीसमेत दियो । यसअघि पनि रावलले गिरीविरुद्ध दिएको जाहेरी दुईपटक फिर्ता लिएकी थिइन् । यसपटक चाहीँ कुनै फिर्ता नलिने उनको अडान छ ।

हिजोको घटनाबारे पार्वतीले यसरी बेलिबिस्तार लगाइन्:

हिजो एकैछिन काम छ, जसरी पनि भेट्न आउ भनेर बोलायो । मैले पनि साथीसँग सल्लाह गर्दा उनले पनि एकपटक भेटेर कुरा सुन्दा फरक नपर्ने सल्लाह दिइन् । त्यसपछि हिजो साढे दुई बजेतिर सुन्धाराको मलमा हामी भेट्यौं ।

भेटेर चिया खान बस्नासाथ मेरो मोबाइल खोसेर स्वीच अफ बनाइहाल्यो । मैले माग्दा पनि दिएन । अनि नानाराथरि कुरा गर्न थाल्यो । मुद्दा फिर्ता नगरे म मर्छु भन्न थाल्यो । मलाई नराम्रो नसोच, मैले धेरै रियलाइज गरेको छु, मैले धेरै यातना दिएको छु, अन्याय गरेको छु, मलाई माफ गरिदेउ भन्यो ।

एक–डेढघन्टा बसेपछि म जान खोज्दा तिमीले मलाई माफ नगरेसम्म छोड्दै छोड्दिन भन्यो । मलाई त्यहाँबाट हातमा समातेर तान्दै बानेश्वरसम्म ल्यायो । त्यहाँ एउटा चिया पसलमा फेरि चिया खुवाउन भनेर बसायो । त्यहाँ पनि उही कुरा दोहोर्याइरह्यो ।

त्यहाँबाट म हिँड्न खोज्दा उ पनि पछिपछि लाग्यो । म पनि तिम्रो कोठामा नै जान्छु भन्यो । मलाई छोड्दै छोडेन । त्यहाँबाट सामाखुसीमा रहेको कोठामा पुग्यौं । कोठामा ममात्रै बस्छु । राति १० बजिसकेको थियो । भित्र पस्नासाथ उसले चुकुल लगायो । फेरि मुद्दा फिर्ता गर भनेर टर्चर दिन थाल्यो । मुद्दा फिर्ता नलिए आत्महत्या गर्छु भनेर धम्क्याइरह्यो । ३१ गतेसम्म छुट्टि मागेको छु, मलाई केही पनि हुँदैन, बरु तिमीलाई नै गाह्रो हुन्छ भनेर दवाव दिइरह्यो । राेएर मेराे खुट्टासमेत ढाेग्याे । 

यति मात्र होइन, मलाई राति जबरजस्ति पनि गर्यो । त्यो पनि एकपटक होइन, पटक-पटक । राति ११ बजेदेखि बिहानसम्म पनि मलाई छोडेन । कहिले प्रलोभन देखाएर कहिले धम्की दिएर मलाई लुटिरह्यो ।

बिहानसम्म पनि मेरो मोबाइल उसकै कब्जामा थियो । उ बाथरुम गएको बेलामा मैले चुकुल खोलेर अर्को कोठामा बस्ने बैनीको मोबाइल मागेँ र मेरो साथी बिनु यादवलाई फोन गरेँ । बिनुले प्रहरीलाई खबर गरिन् । प्रहरी कोठामा नै आयो । त्यसपछि बल्ल मैले आफ्नो मोबाइल फिर्ता लिएँ । प्रहरीले उसलाई पक्राउ गर्यो । अहिले हामी प्रहरी परिसर टेकुमा छौं । मेडिकल चेकअप गर्नुपर्छ र अर्को जाहेरी दिनुपर्छ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै