Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 17, 2023 समाज

रवि लामिछानेका गाडी चालक तीन तला घरको माथिबाट खसे, टाउको र खुट्टामा चोट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ४, चितवन | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घरको तीन तला माथिबाट खसेको अवस्थामा भेटिएका छन् ।

लामिछानेको सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भरतपुरस्थित भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार थापा रास्वपा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए । लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए |