Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 25, 2023 समाज

पत्रकारीता पुरस्कारको लागी कोष स्थापना

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल घिमिरे । बैशाख १२ । पाँचथर,नेपाल पत्रकार महासंघ पाँचथर शाखाले पत्रकार पुरस्कारको लागी अक्षय कोषको स्थापना गरेको छ ।

फिदिम नगर विकास पत्रकारिता पुरस्कारको लागी फिदिम नगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैँयाको कोष स्थापना गरेको हो । महासंघको सभा हलमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले र महासंघ शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले सम्झौता पत्रममा हस्ताक्षर गर्नुभएको थियो ।

फिदिम नगरपालिकाको संवृद्धीका लागी कलम चलाउने जिल्लाका कृयाशिल पत्रकारलाई पुरस्कार उपलब्ध गराउनु पर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालले दाहालले बताउनुभयो । हरेक वर्ष प्रदान गरिने नगर विकास पत्रकारीता पुरस्कार कति जना र कति रकम दिने भन्ने निर्णय गरिने महाँसघ अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो । कोष शुभारम्भ कार्यक्रम नगर प्रमुख मित्र प्रसाल काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थिाये ।