२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै

२०८०, १६ बैशाख शनिबार ०९:३३

बैशाख १६, जनकपुरधाम | आदर्श नारी सीताको जन्म भएको दिन आज जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइँदै छ । त्रेतायुगमा आजकै दिन मिथिलाञ्चलको जनकपुरधाममा जन्म भएको धार्मिक मान्यताअनुसार वैशाख शुक्ल नवमीको दिन आज घरघरमा विशेषरुपमा जानकी नवमी मनाउने कार्य भइरहेको जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । 

बिहानैदेखि जानकी मन्दिर, राममन्दिर र जनक मन्दिरलगायतका मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुको भीड लागेको छ । बिहानै दूधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनःबधाई गानको कार्यक्रमसहित जन्मोत्सव मनाइरहेको उहाँले जानकारी दिनुभयो । 

त्रेतायुगमा मिथिला र अवध क्षेत्रको अगाध सम्बन्ध स्थापित गर्न भगवान् राम र माता जानकीको अतुलनीय योगदान रहेको छ । यहाँ हरेक वर्ष, राम नवमी, विवाह पञ्चमी र जानकी नवमी धुमधामका साथ मनाइने गरिन्छ । जानकी नवमीको अवसर पारेर मधेस प्रदेशका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटक जनकपुर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार