पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख ३१, काठमाडौँ | कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै १९ जनासँग लाखौँ रुपैयाँ ठगी भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा ४९ वर्षीय रुद्रबहादुर लिम्बुलाई पक्राउ गरेको हो ।

ताप्लेजुङ घर भई काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने लिम्बुले हरिबहादुर कार्कीसमेत १९ जनालाई कतार पठाएर त्यहाँको पुलिसमा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाएका थिए । मासिक १ लाख रुपैयाँ तलब हुन्छ, त्यहाँ जान प्रति व्यक्ति ७ लाख रुपैयाँ लाग्छ भन्दै लिम्बुले पीडितहरुबाट पटक–पटक गरी ६९ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।

लिम्बुलाई कार्यालयको टोलीले गत वैशाख २९ गते धुम्बराहीबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।