Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 6, 2023 समाज

नेपालबाट १२ वटा देशमा १४ करोडको चिउरा निर्यात

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २३, काठमाडौँ । </b>नेपालबाट १० महिनाको अवधिमा १४ करोड रुपैयाँको चिउरा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० साउनदेखि वैशाखसम्मको अवधिमा १४ करोडको चिउरा निर्यात भएको हो ।<br></p><p>विभागका अनुसार ४ लाख ९ हजार २९२ किलोग्राम चिउरा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १२ वटा देशमा चिउरा जाने गरेको पाइएको छ । सबैभन्दा धेरै अमेरिकामा ७ करोड रुपैयाँको चिउरा निर्यात हुँदा अस्ट्रेलियामा ३ करोड ४५ लाख ३० हजार रुपैयाँको चिउरा निर्यात भएको छ ।</p><p>यस्तै, बेल्जियममा ३६ लाखको चिउरा निर्यात हुँदा इटालीमा १ करोड ३ लाख रुपैयाँको निर्यात भएको छ । यसका साथै, जापानमा ७१ लाखको र कोरियामा १२ लाखको चिउरा निर्यात भएको विभागले जनाएको छ । यस्तै, बेलायतमा ३१ लाख रुपैयाँको चिउरा निर्यात भएको छ । यसबाहेक, क्यानडा, हङकङ, भारत र मलेसिया लगायतका मुलुकमा समेत चिउरा निर्यात हुने गरेको छ ।</p>