२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जोखिम र अभाव भोगेका मनाङवासी वर्षा हुनासाथ झस्किन्छन्

२०८०, २ असार शनिबार ०८:५२

असार २, मनाङ | ‘प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ । लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा  हुनासाथ झस्किन्छन् । दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन् । 

सडक सञ्जाल विच्छेद हुँदा यहाँका बासिन्दाले खाद्यान्न, खानेपानी, विद्युत्को अभाव भोगेका थिए । अहिले पनि त्यस बेलाको जस्तै हुन्छ कि भनेर ठूलो वर्षा हुनासाथ झस्कने गरेको नासो गाउँपालिका–५ धारापानीका कृष्ण गुरुङले बताए । “अलि ठूलो पानी परेपछि मन झसङ्ग हुन्छ, फेरि पनि ठूलो पानी पर्यो भने अभाव र घरबासविहीन हुनुपर्छ कि भन्ने लाग्छ”, उनले भने । 

चामेका फुर्वा लामाले भने, “लामो समयसम्म ठूलो वर्षा भयो भने मन आतिन्छ । कहीँ जानआउन गर्नसमेत गाह्रो हुन्छ, कहीँबाट सहज रुपमा सहयोग पाउन पनि समस्या हुन्छ ।” उनले जोखिमको सतर्कता अपनाउन सुझाव प्रशासनले दिइरहेको भन्दै विपद्लाई सामान्य रुपमा भने लिन नहुने बताए ।

डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत मनाङका विभिन्न स्थानमा सुक्खा पहिरा खसिरहेको हुन्छ । “यस सडक खण्डअन्तर्गत हुनसक्ने सुक्खा पहिराका कारण बेलाबेलामा सडक अवरुद्ध हुने गर्छ,” नासो–५ का वडाध्यक्ष थुदेन लामाले भने, “समयानुकूल रुपमा समाधान गर्ने गरेका छौँ ।” उनका अनुसार जेठ ११ मा चट्टानसहितको सुक्खा पहिरा खस्दा उक्त सडक अवरुद्ध भएको थियो । 

बर्खायाम वा अन्य समयमा पनि यहाँको यात्रा सहज छैन । बर्खायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ । बर्खायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किने हुँदा मनाङवासी, पर्यटक आवतजावतमा समस्या हुने गरेको छ ।  मनाङमा विकास निर्माणका काम गर्न सहज नभएको लामाले बताए । “बजेट विनियोजन भएर आए पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न सकस हुने गर्दछ । वर्षको तीनदेखि पाँच महिना मात्रै काम गर्न सकिन्छ”, उनले भने । मनाङ हिमाली जिल्ला भएकाले निरन्तर विकास निर्माणको काम गर्न सहज नहुने स्थानीय बताउँछन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु