By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    16 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएको खोजी कार्य तीव्र
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएको खोजी कार्य तीव्र
समाज

ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएको खोजी कार्य तीव्र

साझासवाल
Last updated: June 18, 2023 4:07 am
साझासवाल
3 Min Read
Share

असार ३, ताप्लेजुङ | ताप्लेजुङमा शनिवार राति गएको पहिरोले पुरिएर बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ । प्रहरीका अनुसार आइतबार बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी कार्य तीव्र पारिएको हो ।

निरन्तरको वर्षासँगै शनिवार राति गएको पहिरोले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चारजना बेपत्ता हुनुभएको छ । मेहेलेका स्थानीय यादव बुडाक्षेत्रीकी श्रीमती भगीमाया बुडाक्षेत्री, बुहारी सन्ध्या बुडाक्षेत्री र नाति प्रज्जवल बुडाक्षेत्री बेपत्ता हुनुभएको छ । 

यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिरोले बगाएर बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेहरूको अहिले खोजी कार्य सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । प्रनाउ लिम्बूका अनुसार बेपत्ता हुनेहरूको खोजी गर्ने कार्यमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ । 

यता वर्षाको क्रम निरन्तर रहेकाले पहिरोले पुरिएर बेपत्ता हुनेहरूको खोजी तथा अन्य जोखिममा परेकाहरूको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । यद्यपि मौसम प्रतिकुल भए पनि बेपत्ता हुनेको खोजी कार्य र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताउनुभयो । 

यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा बाढी पहिरोले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ । स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङकोसहित तीन घर पहिरोले बगाएको छ । त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहनुभएका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटेल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ । स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढी पहिरोको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन् ।

त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन् । दोभान बजारका स्थानीय टङ्कप्रसाद खतिवडाका अनुसार तीन वटा घर उच्च जोखिममा परेको छ । मैवाखोला गाउँपालिका–६ फाकुम्बामा पनि केही घरहरू पहिरोको जोखिममा परेका स्थानीयले बताएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य चौकी भवन, विद्यालय, सडक, मोटरेवल पुल, झोलुङ्गे पुललगायतका भौतिक संरचनामा समेत बाढी पहिरोले क्षति गरेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण शुक्रवारदेखि जिल्लामा बाढी पहिरो बग्न थालेको र बाढी पहिरोले जनधनको क्षति पुर्याउन थालेको छ । 

अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आई नसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताउनुभयो । उहाँ स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढी पहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न प्रधानमन्त्रीको निर्देशन
Next Article यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना, कति भयो क्षति ? (सूची)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

गृहमन्त्रीलाई समितिको पत्र:- ट्राफिक स्वयंसेवक बनाउने निर्णय कुन कानुनअनुसार गरेको जवाफ दिन आउनु

57 years ago
काठमाडौँ - KTMसमाज

कुलमान घिसिङ दिल्ली प्रस्थान

57 years ago
काठमाडौँ - KTMसमाज

सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस मनाउन माग

57 years ago
काठमाडौँ - KTMसमाज

स्वास्थ्य मन्त्रालयको अनुगमनपछि निजी क्लिनिक दर्ता गर्ने बढे

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?