By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    9 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    12 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: हिमनदी पग्लिइराखे नेपालसहित एशियाका ७ देशमा उच्च जोखिम
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > हिमनदी पग्लिइराखे नेपालसहित एशियाका ७ देशमा उच्च जोखिम
समाज

हिमनदी पग्लिइराखे नेपालसहित एशियाका ७ देशमा उच्च जोखिम

साझासवाल
Last updated: June 20, 2023 12:48 pm
साझासवाल
4 Min Read
Share

एजेन्सी । एशियाको हिन्दु कुश हिमशृंखलामा हिमनदी अप्रत्यासित रूपमा पग्लिरहेको देखिएको छ। यस्तो क्रम जारी रहे यो शताब्दीको अन्त्यसम्म त्यस इलाकामा हिमनदीको आयतनमा ७५ प्रतिशतले कमी आउने चेतावनी वैज्ञानिकले दिएका छन्।

यस्तै यसले बाढीका साथै पानीको अभाव हुने उनीहरूको चेतावनी छ। यसले त्यस हिमशृंखलामा रहेका दुई अर्ब मानिस प्रभावित हुने प्रक्षेपण गरिएको छ। हिमनदी पग्लिने यो गति जारी रहेमा र हरित गृह ग्याँस उत्सर्जन कम नभएका यो इलाकामा हिम पहिरोका साथै बाढीमा वृद्धि हुने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रतिवेदनमा उल्लेख छ।

यसको प्रभाव हिमालय क्षेत्रमा बस्ने २४ करोड र १२ हिमनदीको आसपासमा बसोबास गर्ने १ अर्ब ६५ करोड मानिसमा प्रत्यक्ष देखा पर्ने प्रतिवेदनमा उल्लेख छ। उनीहरूले स्वच्छ पानी नपाउने अवस्था सिर्जना हुने बताइएको छ।

‘जो मानिस हिमालमा बसोबास गरिरहेका छन् र जसको विश्व तापमान वृद्धिमा कुनै भूमिका नै छैन उनीहरू सबैभन्दा बढी जोखिममा छन्’ प्रतिवेदन लेख्नेमध्येकी एक अमिना महर्जनले भनेकी छिन्।

वर्तमान अनुकूलन प्रयास अपर्याप्त रहेको उनले बताइन्। ‘ठूलो सहयोग र योगदान विना ती समुदायमा देखा पर्ने जोखिम टार्न सकिंदैन। यदि पहल गरिएन भने जोखिमको सामनाका लागि ती समुदाय असमर्थ हुनेछन्’, महर्जनले भनिन्।

विभिन्न प्रतिवेदनका अनुसार जलवायु परिवर्तनबाट प्रभावित सबैभन्दा बढी हिम क्षेत्र आसपासका बासिन्दा छन्। हालैको अध्ययनले सगरमाथाले २ हजार वर्षमा गुमाउनुपर्ने हिउँ तीन दशकमै गुमाएको देखिएको छ। ‘हामीले पहिलो पटक अप्रत्यासित रूपमा हिउँ पग्लिंदा हिमालय क्षेत्र आसपासको इकोसिस्टम र समाजमा परेको असरलाई लिंक गरेर मानचित्र तयार गर्‍यौं’, महर्जनले भनिन्।

प्रतिवेदनले सन् २०१० देखि यताको दशकमा हिमनदीमा ६५ प्रतिशतले कमी आएको देखाएको छ। हिउँ तथा हिमनदी अप्रत्यासित रूपमा पग्लिएको देखिएको हो।

विश्व तापमान हाल प्रक्षेपण भए झैं १.५ डिग्री सेल्सियसदेखि २ डिग्री सेल्सियससम्म वृद्धि भएमा हिन्दु कुश हिमशृंखलाको हिमनदीमा शताब्दीको अन्त्यसम्म ३० देखि ५० प्रतिशतभन्दा बढीले कमी आउने बताइएको छ। तर विश्व तापक्रम ३ डिग्री सेल्सियसले बढेमा हिमनदीमा ७५ प्रतिशतले कमी आउने प्रतिवेदनमा भनिएको छ।

यसले नेपाल, भारत, चीन, भुटान, म्यानमार र पाकिस्तानमा बढी असर पर्ने प्रतिवेदनमा भनिएको छ। ‘हामीले एक शताब्दीमै ग्लेसियर गुमाउँदैछौं’ प्रतिवेदन लेखक फिलिप्स वेस्टरको भनाइ छ।

हिन्दु कुश हिमालय एशियाको ३५०० किलोमिटरमा फैलिएको छ। यसले नेपाल सहित भारत, चीन, अफगानिस्तान, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानसम्म छुन्छ।

हिन्दु कुश हिमालयमा जलवायु परिवर्तनको असर अध्ययनका लागि वैज्ञानिकहरूले निकै कठिनाइ व्यहोरेका थिए। युरोपेली तथा दक्षिण अमेरिकी हिमशृंखलामा झैं उच्चतम प्रविधि यहाँ नहुँदा हिमनदीको वृद्धि वा कमी बारेको लामो समयदेखिको तथ्यांक यहाँ नरहेको वैज्ञानिकहरूले बताएका छन्।

तर हाल स्याटलाइटबाट अनुसन्धान प्रणाली विकसित भएकाले केही सहज भएको उनीहरूको भनाइ छ। ‘अहिले स्याटलाइट प्रविधिबाट समेत अध्ययन भएकाले सन् २०१९ को तुलनामा हामी हाम्रो अध्ययनको निष्कर्षप्रति निकै नै आत्मविश्वासिलो छौं। यो शताब्दीको अन्त्यसम्ममा हुने क्षतिको प्रक्षेपण हामीले सहजै गर्न सक्ने भएका छौं’, वेस्टरले भने।

यदि अप्रत्यासित रूपमा हिमनदी पग्लिने क्रममा कमी नआएमा यो हिमशृंखलामा बस्ने १ अर्ब ६५ करोड जनसंख्या सबैभन्दा बढी प्रभावित हुनेछ। यस क्षेत्रमा गंगा, सिन्धु र मेकङ जस्ता १२ हिमनदी रहेका छन्।

शताब्दीको मध्यमा त्यहाँ पानीको बहाव उच्च विन्दुमा पुग्दा ठूलो जनसंख्या प्रभावित हुने अध्ययनकर्ताहरूको भनाइ छ। ‘हिमनदी पग्लिएको गति हेर्दा त्यस क्षेत्रमा पानीको बहाव  ह्वात्तै बढ्नाले भयंकर बाढीको सामना त्यहाँका बासिन्दाले गर्नुपर्नेछ’, वेस्टरले भनेका छन् ।

अध्ययनका अनुसार हाल २०० हिमनदी ताल सबैभन्दा बढी जोखिममा रहेका छन्। हिमनदी पग्लिने क्रम नरोकिएमा पानीको आपूर्ति प्रभावित हुने जानकारहरूको भनाइ छ।’ठूलो परिमाणमा हिमनदी पग्लिएपछि फेरि जमाउने कुरा निकै कठिन हुनेछ’, पाम पियर्सन बताउँछिन्।

‘समुद्रमा तीव्र गतिमा अघि बढेको पानीजहाज जसरी सहजै रोक्न सकिंदैन त्यसैगरी हिमनदी पग्लिने गतिलाई पनि रोक्न निकै कठिन हुन्छ’, उनले भनिन्।

यो वर्ष भारतको उत्तराखण्डमा रहेको जोसिमाथ इलाका नै डुबानमा पर्ने भएपछि त्यहाँका बासिन्दालाई एकैदिनमा सुरक्षित स्थानमा सारिएको उनले स्मरण गरिन्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article आईसीसी विश्वकप छनोट: नेपालले दुवै ओपनर गुमायो,३९ रन बनाएर भुर्तेल आउट
Next Article कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने तयारीमा राष्ट्र बैंक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

तनहुँ - TNHमुख्य समाचारसमाज

दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते

1 year ago
काठमाडौँ - KTMसमाज

काठमाडौं–युएई उडान थप गर्न आग्रह

57 years ago
काठमाडौँ - KTMसमाज

‘भूकम्पलाई खेलाँची नसम्झी घर बनाउनुस्’

57 years ago

यस्ता पनि डाक्टरहरु…

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?