पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार १३, दोलखा | </b>दोलखाको भीमेश्वर नगरपालिका-५ चर्नावती खोलामा पौडी खेल्ने क्रममा बुधबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-६ का रविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । <br></p><p>साथीहरूसँग पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका साथीहरूलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।</p>

