Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 29, 2023 समाज

वसन्तपुरमा कुनै पनि सवारीसाधनको प्रवेशमा रोक लगाइने

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाले वसन्तपुरमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ।

विश्व सम्पदा क्षेत्र वसन्तपुरमा कुनै पनि सवारीसाधन प्रवेश गर्न नपाइने भन्दै सोमबार महानगरले 'भिआइपी' को गाडीलाई समेत प्रवेश गर्न दिएन। सवारीसाधन प्रवेश गर्न रोक लगाएको भिडिओ हाल सामाजिक सञ्चालमा चर्चामा छ।

विशिष्ट व्यक्तिको गाडी सम्पदा अभियन्ता एवं हालै महानगरपालिकाका सम्पदा सल्लाहकार नियुक्त भएका याद्दवलाल कायस्थले रोकेका थिए। गत जेठ ३१ बाट सम्पदा सल्लाहकार भएका कायस्थका अनुसार वसन्तपुर र हनुमानढोकाजस्तो विश्व सम्पदा सूचीमा कुनै पनि सवारीसाधनको प्रवेश निषेध छ।

'विश्व सम्पदा क्षेत्र र यसमा लगाइएका नियम सबैका लागि हो। हामी शून्य सहनशीलताका साथ यहाँ प्रवेश हुने सार्वजनिकदेखि सरोकारवाला निकायसम्मका सवारीसाधनमा रोक लगाउँछौं,' उनले भने।

हनुमानढोकामा रहेका पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना र अन्य सरोकारवाला निकायको सवारीसाधनको प्रवेशमा पनि रोक लगाइने उनले बताए। आफूहरूले कडाइका साथ यो नियम सरोकारवाला निकायसमेतलाई लागू हुने गरी कार्यान्वयन गर्न लागेको उनको भनाइ छ।

'पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना लगायत सरकारी निकाय त यही सम्पदा संरक्षण गर्छु भनेर बस्नुभएको हो। उहाँहरूले झन् आफू पनि सवारीसाधन छिराउँदिनँ र अरूलाई पनि छिराउन दिन्नँ भन्नुपर्छ,' कायस्थले भने, 'ठूला सवारीसाधन छिर्दा सम्पदालाई असर पुग्छ। त्यसका साथै सम्पदा क्षेत्र नै कुरूप देखिन्छ। जथाभावी सवारीसाधन छिराउँदा र पार्किङ गर्दा यहाँ आउने पर्यटकलाई पनि नराम्रो लाग्छ। त्यसैले हामीले हटाउन खोजेका हौं। यस्तो कुरामा सरोकारवाला निकायले त झन् मान्दिनँ भनेर भन्न पाइँदै पाइँदैन।'

हनुमाढोका क्षेत्रमा मात्र नभई वरपर पार्किङ गरिएका सवारीसाधन समेत महानगरले हटाइरहेको छ।

'विश्व सम्पदा सबैका लागि, विश्व सम्पदा सधैंका लागि' भन्ने नारासहित आफूहरू अगाडि बढेको कायस्थ बताउँछन्।