Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
June 30, 2023 समाज

पहिरोका कारण कहाँ–कहाँ सडक अवरुद्ध छ ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १५, काठमाडौँ | पछिल्लो २४ घण्टामा परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरो गएको छ । पहिरोका कारण विभिन्न स्थानमा सडकसमेत अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार १० जिल्लामा सडक आवागमन प्रभावित भएका छन् । पाल्पाको तानसेन नगरपालिका-५ तिनलाँकुरी नजिकै पाल्पा-गुल्मी सडक खण्डमा शुक्रबार बिहान आएको अबिरल वर्षाको कारण पहिरो जाँदा सडक अवरोध भएको छ ।

त्यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका-६ पनेबांज र मालिकार्जुन गाउँपालिका-३ तेर्छालेकस्थित गोकुलेश्वर- दार्चुला हाइवे सडक खण्ड र ललितपुरको ललितपुर महानगरपालिका-३ भालुखोला र पाङदुर डोलमा शुक्रबार बिहान आएको अबिरल वर्षाको कारण पहिरो जाँदा हेटौंडा जाने कान्तिलोक पथको सडक अवरोध भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका-३ तल्लो बैसरीस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी जोमसोम सडक पूर्ण रूपमा अवरोध भएको छ भने मुगुको खत्याड गाउँपालिका-८ स्थित स्याला खोला नजिक सडकमा बिहीबार राति पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।

उता प्यूठानको माण्डवी गाउँपालिका-१ सिमलवौरमा शुक्रबार बिहान आएको वर्षाका कारण पहिरो जाँदा भालूवाङ-प्यूठान सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित कर्णाली राजमार्ग अन्तर्गत एस मोडमा पनि पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।

अर्घाखाँचीको सितगंगा नगरपालिका-२ भुवनपाटास्थित गोरूसिङगे सन्धिखर्क सडक खण्ड र मुस्ताङको थासाङ गाउँपालिका-४ काभ्रेभिरस्थित बेनि जोमसोम सडक खण्डमा शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।

यता चितवनको  ईच्छाकामना गाउँपालिका-५ नारायणगढ मुग्लिङ सडक खण्डको ३ नम्बर पुलस्थित सडक बिहीबार राति पहिरो जाँदा अवरोध भएको छ । पहिरो गएको स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सडक खुलाउनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।