२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोशी प्रदेशका सवा दुई लाख पशुमा लम्पी स्किन सङ्क्रमण, पाँच हजार मरे

२०८०, ६ श्रावण शनिबार ०५:५१

साउन ६, झापा | महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगाभैँसीभन्दा गाईगोरुमा रोगको समस्या बढी छ ।

लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

निर्देशनालयका फोकल पर्सन डा. देवकुमार दर्लामीका अनुसार लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ ।

प्रदेशभर चार हजार ९७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन् । ती मध्ये सबैभन्दा बढी इलाममा एक हजार ३८२ गाईगोरु र राँगाभैँसी मरेको निर्देशनालयले जनाएको छ ।

झापामा पाँच सय चार, पाँचथरमा चार सय २२, मोरङमा चार सय ८८, उदयपुरमा तीन सय ८५, सुनसरीमा तीन सय ६२, खोटाङमा दुई सय ७९, धनकुटामा दुई सय ७७, सङ्खुवासभामा दुई सय ८५, ओखलढुङ्गामा दुई सय दुई, तेह्रथुममा एक सय ४४, ताप्लेजुङमा एक सय ७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाईगोरु र राँगाभैँसी लम्पी स्किनको सङ्क्रमणबाट मरिसकेका छन् ।

मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन् । आजसम्मको तथ्याङ्कअनुसार पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट सङ्क्रमित रहेको निर्देशनालयका फोकल पर्सन डा दर्लामीले जानकारी दिए ।

उनका अनुसार इलाममा ३१ हजार तीन सय ४९, धनकुटामा २१ हजार पाँच सय ६८, उदयपुरमा २१ हजार एक सय ८८, सुनसरीमा १७ हजार आठ सय ८६, तेह्रथुममा १५ हजार नौ सय ८६, मोरङमा १३ हजार आठ सय ९०, सङ्खुवासभामा १३ हजार चार सय ६०, खोटाङमा १२ हजार नौ सय १०, ओखलढुङ्गामा सात हजार छ सय ९४, ताप्लेजुङमा सात हजार छ सय २३, भोजपुरमा सात हजार एक सय ५२ र सोलुखुम्बुमा सात सय पाँच गाईगोरु र राँगाभैँसीमा लम्पी स्किमको सङ्क्रमण पुष्टि भइसकेको छ ।

लम्पी स्किनको सङ्क्रमण गाईगोरुको तुलनामा राँगाभैँसीमा न्यून सङ्ख्यामा देखिएको छ । कोशी प्रदेशमा सङ्क्रमित सङ्ख्यामध्ये गाईगोरु दुई लाख २३ हजार सात सय २६ छ भने राँगाभैँसीको सङ्ख्या एक हजार आठ सय १७ मात्र रहेको छ ।

एक लाख बढीलाई खोप

लम्पी स्किन रोगको सङ्क्रमण रोक्न कोशी प्रदेश सरकारले ११ जिल्लामा पशुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । पशु स्वास्थ्य प्राविधिकले गोठमै पुगेर पशुमा खोप लगाइरहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त प्रमुख डा. पशुपति ढुङ्गानाका अनुसार कोशी प्रदेशका सबै जिल्लाका एक लाख सात हजार पाँच सय १० पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।

सबैभन्दा बढी झापामा ३० हजार चार सय ५६ वटा पशुमा लम्पीविरुद्धको खोप लगाइएको छ । इलाममा २७ हजार ५४, पाँचथरमा १४ हजार तीन सय, ताप्लेजुङमा नौ हजार एक सय पशुलाई खोप लगाइउको छ ।

यस्तै, मोरङमा पाँच हजार सात सय ८२, उदयपुरमा एक हजार छ सय ८६, खोटाङमा चार हजार एक सय ९२, ओखलढुङ्गामा चार हजार छ सय ७५, सोलुखुम्बुमा दुई हजार छ सय, धनकुटामा दुई हजार दुई सय र सुनसरीमा पाँच हजार चार सय ७५ पशुमा खोप लगाउने कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए । पहाडी जिल्ला धनकुटा, सङ्खुवासभा र भोजपुरमा लम्पीविरुद्धको खोप लगाउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु