Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 25, 2023 समाज

भीमसेन थापा गाउँपालिकामा आज (मंगलबार) सार्वजनिक बिदा

By साझासवाल 2 मिनेट पढाइ

<p><b>साउन ९, गोरखा | </b>गोरखाको भीमसेनथापा गाउँपालिकाले आज (मंगलबार) आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औँ जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।<br></p><p>गाउँ कार्यपालिकाको असार १४ को बैठकबाट निर्णय गरेएर पालिकाभर सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले जानकारी दिए ।</p><p>जन्म जयन्तीको अवसरमा मंगलबार वडा नम्बर ८ को चण्डीथानमा अवस्थित भीमसेन थापाको सालिकमा माल्यार्पण लगायतका कार्यक्रम पनि आयोजना गरिएको पालिकाले जनाएको छ । वि सं १७१८ मा जन्मिएका थापाको वि सं १७८२ मा निधन भएको थियो ।&nbsp;</p>