Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 30, 2023 समाज

काठमाडौंमा गुण्डागर्दी गर्ने २ पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १४, काठमाडौं | काठमाडौं गुण्डागर्दी हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ घर भइ काठमाडौंको टोखा नगरपालिका–१० बस्ने ४२ वर्षीय जीवन भन्ने टेक बहादुर चौलागाई र तनहुँको भानु नगरपालिका–७ घर भइ काठमाडौंको सामाखुसी बस्ने ३२ वर्षीय रुपन गुरुङ छन्।

प्रहरीका अनुसार पक्राउ परेका चौलागाईले काठमाडौंको सामाखुसीमा ‘७+७ मोबाइल’ नामक मोबाइल पसल सञ्चालन गर्दै आएका छन्। उनको पसल अगाडि गत असार १७ गते कार चालक र मोटरसाइकल चालकबीच सामान्य विवाद हुँदा चौलागाईले मोटरसाइकल चालकलाई कुटपिट गरेका थिए।

सोही घटनाको विषयलाई लिएर मोटरसाइकल चालकका साथी रुपन गुरुङले आफ्नो समूह नै लिएर चौलागाईलाई उनको मोबाइल पसलमै कुटपिट गरेको थिए। उक्त घटनाको सन्दर्भमा दुवै पक्षबाट जाहेरी नपरे पनि सामाजमा अशान्ति फैलाउने गरी गुण्डागर्दी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरी वृत्त महाराजगञ्जबाट अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।