पढ्न करिब 1 मिनेट लाग्छ

साउन २९, काठमाडौँ | चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक-सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ । बरामद ब्रेक सुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन गालेर जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।