२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

संसद् विघटनबारे ओलीको दलिल– हामीलाई झुण्याएर मार्ने डोरी काटेका हौं, त्यो नगरी नहुने थियो

२०८०, ३० श्रावण मंगलवार ०९:५६

साउन ३०, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बचाउन तत्कालीन संसद् भंग गर्नु परेको प्रष्टीकरण दिएका छन् । मंगलवार बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उनले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र चिर्न संसद् विघटन गरेको प्रष्टीकरण दिएका हुन् ।

संसद् विघटन गर्ने तत्कालीन आफ्नो सरकारको कदम राजनीतिक र संवैधानिक भएको उनले दाबी गरे । 'पुस ५ गते प्रतिनिधि सभा विघटन सिफारिस र विघटन गर्‍यौं । ठीक ठानेर गर्‍यौं । नभए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो,' उनले भने, 'हामीलाई झुण्याएर मार्ने डोरी काटेका हौं । षडयन्त्र छिन्यौं । पुनर्स्थापना भयो तर, केही पनि बिग्रेन । हाम्रो लागि त्यो नगरी नहुने थियो । त्यो राजनीतिक र संवैधानिक कदम थियो ।'

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टी ध्वस्त बनाउन खोजेको आरोप लगाए । 'विचरा माधव नेपाल । नाम त नलिए हुने हो । कम्युनिस्ट आन्दोलन समाप्त पार्न उनले के गरेनन् ? दक्षिणपन्थी सरकार बनाए । हाम्रै वरिष्ठ नेता भएर हाम्रो सरकार गिराए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता