Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 16, 2023 समाज

सनी देओलको फिल्म ‘गदर–२’ ले रच्यो इतिहास, कति कमायो ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१,काठमाडौं | फिल्म ‘गदर–२’ ले २९ साउन मङ्गलवार ऐतिहासिक कमाई गरेको छ । फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर यसबारे जानकारी दिएका हुन् ।

तरनले यसबारे जानकारी दिँदै भने, ‘गदर–२ ले १५ अगस्टमा ऐतिहासिक कमाई गरेको छ । फिल्मले मङ्गलवार स्वतन्त्रता दिवसको मौकामा ५५ करोड भारुको कमाई गरेको छ । यो मितिमा कुनै पनि भारतीय फिल्मले यति कमाएको थिएन ।’

यससँगै गदर–२ को अहिलेसम्मको कुल कमाई २२८ करोड भारु नाघेको छ । गदर–२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन शुक्रवार ४०, शनिवार ४३, आइतबार ५१ करोड भारु कमायो ।

फिल्मी जानकारलाई विश्वास गर्ने हो भने यदि गदर–२ फिल्मसँग कुनै अरू फिल्म रिलिज नभएको भए सनी देओलको यो फिल्मले थप कमाउँथ्यो ।

गदर–२ सँगै ओएमजी–२ पनि रिलिज भएको छ । यो फिल्मले पनि राम्रै कमाई गरिरहेको छ ।

गदर फिल्म सन् २००१ मा रिलिज भएको थियो र फिल्मले त्यति बेला पनि शानदार प्रदर्शन गरेको थियो ।

गदर–२ फिल्मका निर्देशक अनिल शर्मा हुन् र फिल्ममा सनी देओलबाहेक अमिषा पटेल, उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।

सनी देओलले हालै एक अन्तरवार्तामा भनेका थिए, ‘म गदर–२ का लागि सुरुदेखि नै डराएकी थिएँ । यो हाम्रो एउटा यस्तो फिल्म हो जसको स्वाद बिग्रियोस् भन्ने म चाहँदैनथेँ ।’