भदौ ७, काठमाडौँ | एक युवतीलाई प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–३ घर भइ काठमाडौं चन्द्रागिरी बस्ने ५८ वर्षीय नरेश गौतम छन्। उनले दाङकी २२ वर्षीया एक युवतीलाई प्रहरी जवानमा भर्ना गराइदिन्छु भन्दै पटक–पटक गरेर २ लाख रुपैयाँ लिएर ठगी गरेका थिए।

पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ। काठमाडौंबाट पक्राउ गरी दाङ लगिएका उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए।