२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङबेसी रुवी भ्याली जोड्ने मुख्य मार्ग दुई सातादेखि अवरुद्ध

२०८०, ११ भाद्र सोमबार ०६:४९

भदौ ११, काठमाडौँ | धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवी भ्याली पुग्ने मुख्य गन्तव्य पहिराले अवरुद्ध भएको छ । सदरमुकाम धादिङबेसीबाट खनियाबास गाउँपालिका हुँदै रुवी भ्याली पुग्ने सडक पैदल हिंड्न समेत नसक्ने गरी अवरुद्ध भएको हो ।

खनियाबास गाउँपालिका-१ को पेर्चागाउँ र लिस्ने खोलाको बीचमा पर्ने म्लिम्लीगङ (जुगाडाँडा) भन्ने ठाउँमा पहिरो खसेको हो । सडकभन्दा माथिबाट झरेको पहिराले सडक नै बगाएको स्थानीय शिक्षक दामन तामाङले जानकारी दिए । अहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो । फेरि उही स्थानमा खसेको पहिरोले स्थानीयवासीको खेतसमेत पुरेको छ ।

पहिलो पटकको पहिराले भासिएको जमिन पुनः पहिरा जाँदा बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले बिजुलीको खम्बाहरु ढलेका छन् । आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथि पुगेको छ । त्यसभन्दा केही माथी रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताउनुभयो ।

‘पहिलाको पहिरो रोकियो भन्नेमा ढुक्क थियौं, यसपालि झन् ठूलो पहिरो झर्‍यो’, एलियाले भने, ‘तत्काल पहिरो रोकथामतिर नलाग्ने हो भने बस्तीसम्म पहिरो पुग्ने र गाउँ नै तानिने जोखिम छ ।’

पानी नपरेको बेला रुवीभ्यालीतर्फ आउजाउ गर्नेहरु जोखिममा परेका छन् । एलियाले भने, ‘बलियो मान्छेहरु जोखिम मोलेरै दौडेर आउने जाने गर्छन् । भारी बोकेर हिँड्नेहरुले भने प्लेङयर्तोङ (गोलो ढुङ्गा)को बाटो हुँदै हिँड्नु पर्ने बाध्यता छ ।’

रुवीभ्यालीको बोराङ, सेर्तुङ, तिप्लिङ, लापाका स्थानीय आउजाउ गर्ने मुख्य सडक हो । बर्खाको बेला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीसम्म एउटा गाडी र किन्ताङ खोला तरेपछि अर्को गाडीमा खनियाबास–४ तरम्हानेसम्म पुगेर पैदल सुरु गर्ने यात्रुलाई म्लिल्मीगङको पहिरोले थप समस्या पारेको छ ।

बर्खाको बेला गाडी त पुग्दैन थियो नै पहिरोले पैदल हिँडेर समेत बाटो पार गर्न नसकिने भएपछि लामो समय लगाएर प्लेङयर्ताेङको बाटो घुम्नुपर्ने बाध्यता छ । पहिरो नझर्दासम्म यो बाटोमा दैनिक सयौँ स्थानीय आवतजावत गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना